न्यायसहितको सामाजिक सुरक्षामा सरकार प्रतिबद्ध छ : अर्थमन्त्री खतिवडा
काठमाडौ, साउन ६ : अर्थमन्त्री डा.युवराज खतिवडाले आमनागरिकलाई अबको दिनमा न्यायसहितको सुरक्षा दिन सरकार प्रतिबद्ध रहेको बताएका छन्।
आज ‘....

काठमाडौ, साउन ६ : अर्थमन्त्री डा.युवराज खतिवडाले आमनागरिकलाई अबको दिनमा न्यायसहितको सुरक्षा दिन सरकार प्रतिबद्ध रहेको बताएका छन्।
आज ‘विश्वव्यापी सामाजिक सुरक्षाको मार्गमा नेपाल’ विषयमा आयोजना गरिएको सम्मेनललाई सम्बोधन गर्दै अर्थमन्त्री डा.खतिवडाले न्यायसहितको सामाजिक सुरक्षा प्रदान गरिने बताएका हुन्। अर्थमन्त्री खतिवडाले भने, 'सबै नागरिकलाई न्यायसहितको सामाजिक सुरक्षा प्रदान गर्न सरकार प्रतिबद्ध छ।'
नागरिकका आधारभूत आवश्यक पूरा गरी मावन विकास र सामाजिक सुरक्षामा केन्द्रीत हुने गरी आर्थिक विकासको मार्गदर्शन तयार गरिएको उनको भनाइ थियो।
अहिले नागरिकले आ–आफ्नो हकअधिकार खोज्न सक्ने अवस्था आएको बताउदै अर्थमन्त्री खतिवडाले अब नागरिकले माग गरेअनुसार सरकारले पनि अधिकारको प्रत्याभूति गराउने पर्ने बताए।
त्यस्तै, अर्थमन्त्री खतिवाडले रोजराग सिर्जनातर्फ सरकार केन्द्रीत भएको बताए। रोजगार सिर्जना गरेर नागरिकलाई आत्म निर्भर बनाउनु पर्ने उनको भनाइ थियो।
अर्थमन्त्रालय र जर्मन सहयोग नियोगको सहयोगमा सम्मेलन आयोजना गरिएको हो।










-1754206481.jpg)
