प्रदेश नं १ मा थप ३८३ जनामा कोरोना संक्रमण पुष्टि
विराटनगर, भदौ १७ : पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा ३८३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। एक हजार २३० जनाको पीसीआर...
विराटनगर, भदौ १७ : पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा ३८३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। एक हजार २३० जनाको पीसीआर परीक्षण गर्दा २८० र ६८८ जनाको एन्टिजेन परीक्षण गर्दा १०३ जनामा कोरोना सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ११९ मध्ये विराटनगरमा ४५, झापामा ७७, सुनसरीमा ६६, इलाममा पाँच, धनकुटामा तीन, उदयपुरमा दुई र प्रदेश बाहिरका आठ जनामा सङ्क्रमण देखिएको हो।
प्रदेशमा आजै ४४७ जना कोरोना सङ्क्रमणमुक्त भएका छन्। सङ्क्रमणमुक्त हुनेमा २३१ महिला र २१६ पुरुष रहेका छन्। पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट एक पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ।
प्रकाशित मिति: १८:१६ बजे, बिहीबार, भदौ १७, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












