Kathmandu Press

बैंक र कर कार्यालयमा अब एउटै विवरण पठाउनु पर्ने

काठमाडौं, साउन ६ : अब कुनै पनि उद्योगी तथा संघसंस्थाहरूले बैक र कर कार्यालयमा एउटै विवरण पठाउनु पर्ने भएको छ।

जसको लागि आन्तरिक राजस्व कार्य....

बैंक र कर कार्यालयमा अब एउटै विवरण पठाउनु पर्ने

काठमाडौं, साउन ६ : अब कुनै पनि उद्योगी तथा संघसंस्थाहरूले बैक र कर कार्यालयमा एउटै विवरण पठाउनु पर्ने भएको छ।

जसको लागि आन्तरिक राजस्व कार्यालयले तयारी स्वरुप आज बाणिज्य बैकका प्रमुख कार्यकारी (सीईओ)हरूलाई छलफलमा बोलाएको छ। खासगरी कर कार्यालयमा एउटा र बैंकमा अर्को वित्तीय विवरण पठाउने  प्रचलनविरुद्ध आन्तरिक राजश्व कार्यालयले अभियान सुरू गरेको हो।

व्यवसायीहरूले ऋण लिनका लागि बैकमा एउटा विवरण र कर कार्यालयमा एउटा विवरण पठाएर कर छलेको ठम्याई सरकारी अधिकारीको छ। सरकारले छुट्टा-छुट्टै विवरण पठाउँदा वित्तीय पारदर्शीता नभएको भन्दै गत आर्थिक वर्षको बजेटमा नै यस्तो व्यवस्था गरेको थियो। विभागले राष्ट्र बैकमार्फत सबै बैकका सीईओहरूलाई पत्र पठाएको हो।  

वित्तीय पारदर्शिता र अनुशासनका लागि एउटै विवरणमा जोड दिन लागेको विभाग स्रोतको भनाइ छ। आजको छलफलपछि व्यवसायीहरूसँस पनि कार्यान्वयनका लागि छलफल गरेर चालू आर्थिक वर्षबाटै एउटै विवरण लागू गर्ने तयारी विभागको छ।

प्रकाशित मिति: ११:१६ बजे, सोमबार, साउन ६, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्