Kathmandu Press

गैंडाको आक्रमणबाट एकजनाको मृत्यु 

गैंडाको आक्रमणबाट एकजनाको मृत्यु 

चितवन, भदौ १७ : भरतपुर महानगरपालिका-२३ जगतपुरस्थित हरियाली सामुदायिक वनमा गैंडाको आक्रमणबाट  सोही ठाउँ जगतपुर बस्ने ३८ वर्षीया सम्झना दराईको बुधबार दिउँसो मृत्यु भएको छ। 

उक्त वनमा घाँस काट्न गएको अवस्थामा एक्कासी गैंडाले आक्रमण गर्दा गम्भीर घाइते भएकी उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो। 

यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ।

प्रकाशित मिति: १३:३४ बजे, बिहीबार, भदौ १७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्