अराजले ल्याए केटाहरूका लागि तीज गीत (भिडियो)
काठमाडाैं, साउन ५ : नेपाली हिन्दू नारीहरुको महान चाड हरितालिका तीजमा विवाहित नारीहरुले पतिको सु-स्वास्थ्य र दीर्घायुको कामना गरेर तथा अविवाह....

काठमाडाैं, साउन ५ : नेपाली हिन्दू नारीहरुको महान चाड हरितालिका तीजमा विवाहित नारीहरुले पतिको सु-स्वास्थ्य र दीर्घायुको कामना गरेर तथा अविवाहित युवतीहरुले सुयोग्य पति पाऊँ भनेर पानी पनि नखाएर व्रत बस्ने गरेको पाइन्छ।
पछिल्लो समय विवाहित र अविवाहित पुरुषहरुले पनि श्रीमती तथा प्रेमिकाको दीर्घायुको लागि व्रत बस्ने गरेको यदाकदा सुन्ने गरिएको छ। तर, विशेषगरी विवाहित र अविवाहित युवतीहरुले तीजमा व्रत बस्ने गर्दछन्।
गायक अराज केशवको स्वरमा रहेको 'प्रभु' बोलको गीतले भने तीजमा व्रत बस्ने अविवाहित पुरुषहरुको कथा वाचन गरेको छ। कलाकार बुद्धि तामाङ्गका डुव्लिकेटको रुपमा चिनिएका कुमार तामाङ्ग तीजमा व्रत बसेपछि दुईवटी युवतीको प्रेममा पर्छन्। र, अरु युवकलाई पनि तीजमा व्रत बस्न सुझाउँछन्। सार्वजनिक गीतको भिडियोमा अविवाहित पुरुषहरुले भगवान शिवसँग सुयोग्य प्रेमिका माग्दै तीजमा व्रत बसेको देखाइएको छ।
गीतमा गायक अराज स्वयंको शब्द तथा संगीत छ भने शैलेन्द्रमान प्रधानको एरेञ्ज छ। विक्रम चौहानको निर्देशन रहेको गीतको भिडियो प्रकाश कुमारले खिचेका हुन्। मिलन विश्वकर्माको सम्पादन र कलर रहेको भिडियोलाई फरक बनाउने प्रयास गरेको निर्देशक चौहानले बताएका छन्। पछिल्लो गीत '१४ अञ्जल ससुराल' बाट चर्चामा रहेका गायक तथा संगीतकार अराजले केटाहरुको तीज गीतलाई दर्शकहरुले मन पराउनेमा आशावादी छन्।
गीतले विवाहित/अविवाहित पुरुषहरुलाई श्रीमती वा प्रेमिकाको दीर्घायुका लागि व्रत बस्न सन्देश पनि दिने बताए। यो गीत तीजको छेकोमा राम्रै धन्किने विश्वास उनमा छ।
भिडियो हेर्नुस्:












