पहिराेले सिन्धुलीको गोलन्जोरमा सडक अवरूद्ध
काठमाडौं, भदौ १७ : सिन्धुलीको गोलन्जोर गाउँपालिका-६ हइवारस्थित मध्यपहाडी राजमार्गमा बुधबार साँझ सुक्खा ढुंगा र माटोसहितको पहिरो जाँदा सडक पूर्ण रूपमा अवरोध भएको छ।सडक...
काठमाडौं, भदौ १७ : सिन्धुलीको गोलन्जोर गाउँपालिका-६ हइवारस्थित मध्यपहाडी राजमार्गमा बुधबार साँझ सुक्खा ढुंगा र माटोसहितको पहिरो जाँदा सडक पूर्ण रूपमा अवरोध भएको छ।
सडक अवरोध भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी ग्वालटारबाट खटिएको प्रहरीले सडक खुलाउन पहल गरिरहेको छ।
घटनास्थलमा नजिकैको प्रहरी कार्यालयबाट तत्काल खटिएको प्रहरीले आवश्यक उझार कार्य गर्नुका साथै पहिरोमा परेर बेपत्ता भएकाको खोजी कार्यसमेत गरिरहेको छ।
प्रकाशित मिति: १२:५१ बजे, बिहीबार, भदौ १७, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












