सुदूरपश्चिम प्रदेशमा ३४ जनामा कोरोना संक्रमण पुष्टि, दुईको मृत्यु

बैतडी, भदौ १६ : सुदूरपश्चिम प्रदेशमा थप ३४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। पीसीआर र एन्टिजेन गरी कूल ८०८ जनाको परीक्षण गर्दा ३४ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ।
आरडिटी पीसीआर विधिमार्फत कूल २०० जनाको परीक्षण गर्दा ३० र ६०८ जनाको एन्टिजेन विधिमार्फत परीक्षण गर्दा चार जनामा सङ्क्रमण देखिएको हो।
सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा २८, डडेल्धुरा अस्पताल र जिल्ला अस्पताल डोटीको प्रयोगशालामा एक÷एक जनामा सङ्क्रमण पुष्टि भएको हो। बितेको २४ घण्टामा कोरोना सङ्क्रमणका कारण दुई जनाको मृत्यु भएको निर्देशनालयले जानकारी दिएको छ। सङ्क्रमण पुष्टि भएर सेती प्रादेशिक अस्पतालमा उपचाररत बैतडीका ३२ वर्षीय युवक र अछामका ५१ वर्षीय पुरुषको मृत्यु भएको हो।
यस्तै सोही अवधिमा १४ जना सङ्क्रमणमुक्त भएका छन्। सुदूरपश्चिम प्रदेशमा हालसम्म तीन लाख १४ हजार १४७ जनाको परीक्षण गर्दा ४६ हजार २८८ जनामा सङ्क्रमण पुष्टि भएको छ। कोरोनाका कारण यस प्रदेशमा हालसम्म ५८५ जनाको मृत्यु भइसकेको छ।









-(86)-1764936079.jpg)


-1764760320.jpg)