नियन्त्रित लागूऔषधसहित नागढुङ्गाबाट एक जना पक्राउ
काठमाडौं, भदौ १६ : चन्द्रागिरी नगरपालिका २ नागढुङ्गाबाट नियन्त्रित लागूऔषध ३० ट्याब्लेट नाईट्रोजनसहित एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सुनसरी ईश्वरपुर नगरपालिका...
काठमाडौं, भदौ १६ : चन्द्रागिरी नगरपालिका २ नागढुङ्गाबाट नियन्त्रित लागूऔषध ३० ट्याब्लेट नाईट्रोजनसहित एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सुनसरी ईश्वरपुर नगरपालिका १ का २४ वर्षीय कृष्ण ठाकुर रहेका छन्।
काँकडभिट्टाबाट काठमाडौंतर्फ आउँदै गरेको ना.८ ख ८४९३ नम्बरको बसलाई महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा बसमा सवार ठाकुरलाई झोलाभित्र लुकाई ल्याएको उक्त लागूऔषधसहित फेला पारी बुधबार बिहान पक्राउ गरेको हो।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
प्रकाशित मिति: १८:४५ बजे, बुधबार, भदौ १६, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












