Kathmandu Press

प्रदेश नं १ मा ३८७ जनामा कोरोना संक्रमण पुष्टि

विराटनगर, भदौ १६ : पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश नं १ मा ३८७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। एक हजार ६४ जनाको...
प्रदेश नं १ मा ३८७ जनामा कोरोना संक्रमण पुष्टि
Hardik ivf

विराटनगर, भदौ १६ : पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश नं १ मा ३८७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। एक हजार ६४ जनाको पीसीआर परीक्षण गर्दा २४८ र ८५० जनाको एन्टिजेन परीक्षण गर्दा १३९ जनामा कोरोना सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ९५, मोरङमा ७३, सुनसरीमा ६०, इलाममा आठ, धनकुटामा पाँच, भोजपुरमा तीन, ताप्लेजुङमा एक र प्रदेश बाहिरका तीन जनामा सङ्क्रमण देखिएको हो। प्रदेशमा आजै ३९३ जना कोरोना सङ्क्रमणमुक्त भएका छन्। सङ्क्रमणमुक्त हुनेमा १९३ महिला र २०० पुरुष रहेका छन्। पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट तीन महिलासहित छ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: १८:४१ बजे, बुधबार, भदौ १६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्