Kathmandu Press

कटुवा पेस्तोल र गोलीसहित पक्राउ

कटुवा पेस्तोल र गोलीसहित पक्राउ

सल्यान, भदौ  १६ : बनगार कुपिण्डे नगरपालिका १ माथिल्लो बजारबाट १ थान कटुवा पेस्तोल र सोही पेस्तोलमा लाग्ने २ राउण्ड गोलीसहित एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा जाजरकोट नलगाड नगरपालिका ४ का २८ वर्षीय गणेश रावल रहेका छन्। 

नेपालगंजबाट जाजरकोटतर्फ जाँदै गरेको सिएच ०१ बिपि २१९४ भारतीय नम्बर प्लेटको मोटरसाइकलमा सवार रावललाई सोही नगरपालिका सल्लीस्थित चेक प्वाईन्टमा ईलाका प्रहरी कार्यालय देवस्थलबाट खटिएको प्रहरीले रोक्न खोज्दा नरोकी भागेपछि पिछा गर्दै उनर्लाबुधबार बिहान पक्राउ गरेको हो। रावलले मोटरसाइकलको सिट मुनी उक्त कटुवा पेस्तोल र गोली लुकाएका थिए। 
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित मिति: १८:२९ बजे, बुधबार, भदौ १६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्