सुनसरीको गडी-१ का वडाध्यक्ष चौधरीको निधन
धरान, भदाै १६ : सुनसरीमा एक वडाध्यक्षको निधन भएको छ। उनी गडी गाउँपालिका १ का वडाअध्यक्ष शंकरप्रसाद चौधरी हुन्।मुटुसम्बन्धी समस्याका कारण अस्पताल भर्ना...
धरान, भदाै १६ : सुनसरीमा एक वडाध्यक्षको निधन भएको छ। उनी गडी गाउँपालिका १ का वडाअध्यक्ष शंकरप्रसाद चौधरी हुन्।
मुटुसम्बन्धी समस्याका कारण अस्पताल भर्ना भएका उनको उपचारका क्रममा आज (बुधबार) विराटनगरको विराट टिचिङ अस्पतालमा निधन भएको हो।
चौधरीले गत २०७४ सालमा सम्पन्न स्थानीय निर्वाचनमा एमालेका तर्फबाट वडाध्यक्षमा निर्वाचित भएका थिए। चौधरीका श्रीमती, एक छोरी र एक छोरा छन्।
प्रकाशित मिति: १७:१४ बजे, बुधबार, भदौ १६, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












