प्रहरीको कपनस्थित कार्यालय परिसरमा वृक्षरोपण
काठमाडौँ, भदौ १६ : राष्ट्र सेवक कर्मचारी वृक्षरोपण अभियान अन्तर्गत केन्द्रीय प्रहरी विशेष कार्यदल कपन परिसरभित्र वृक्षरोपण कार्यक्रम बुधबार सम्पन्न भएको छ। उक्त अभियान शुभारम्भको...काठमाडौँ, भदौ १६ : राष्ट्र सेवक कर्मचारी वृक्षरोपण अभियान अन्तर्गत केन्द्रीय प्रहरी विशेष कार्यदल कपन परिसरभित्र वृक्षरोपण कार्यक्रम बुधबार सम्पन्न भएको छ।
उक्त अभियान शुभारम्भको अवसरमा गरिएको उक्त कार्यक्रममा प्रहरी प्रधान कार्यालय मानव श्रोत एवं प्रशासन विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक निरज बहादुर शाही, प्रहरी नायव महानिरीक्षक प्रकाश अधिकारी र उक्त कार्यदलका प्रमुख प्रहरी उपरीक्षक बेद विष्ट लगायतका प्रहरी कर्मचारीहरूले २ सय ५० वटा विरुवाको वृक्षरोपण गरेका हुन्।
वृक्षरोपण गरिएकामध्ये धुपी ६० वटा, चाप ३५ वटा, ज्याकाराण्डा ३५ वटा, कपुर ४५ वटा, बर्रो १५ वटा, कल्की फूल ३५ वटा, पारीजात ५ वटा, ईपिलिप्सि १० वटा र अमला १० वटा रहेका छन्।
प्रकाशित मिति: १५:२७ बजे, बुधबार, भदौ १६, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












