Kathmandu Press

प्रदेश १ मा ३८७ जनामा कोराना संक्रमण पुष्टि

विराटनगर, भदौ १५  : पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश नं १ मा ३८७ जनामा कोरोना सङ्क्रण भएको छ। एक हजार ११४ जनाको पिसीआर परीक्षण...
प्रदेश १ मा ३८७ जनामा कोराना संक्रमण पुष्टि
Hardik ivf

विराटनगर, भदौ १५  : पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश नं १ मा ३८७ जनामा कोरोना सङ्क्रण भएको छ। एक हजार ११४ जनाको पिसीआर परीक्षण गर्दा २८३ र ६४२ जनाको एन्टिजेन परीक्षण गर्दा १०४ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ९८, सुनसरीमा ९४, मोरङमा ७६ मध्ये विराटनगरमा ४३, इलाममा पाँच, सङ्खुवासभामा तीन, भोजपुर र धनकुटामा दुई÷दुई, ओखलढुङ्गा, उदयपुर र प्रदेश बाहिरका एक÷एक जनामा सङ्क्रमण देखिएको हो।

प्रदेशमा आजै ३९३ जना कोरोना सङ्क्रमणमुक्त भएका छन्। सङ्क्रमणमुक्त हुनेमा १९३ महिला र २०० पुरुष रहेका छन्। पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट एक महिलासहित दुई जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: २१:०२ बजे, मंगलबार, भदौ १५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्