गण्डकी प्रदेशमा ३१९ कोरोना संक्रमणमुक्त
गण्डकी, भदौ १५ : गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा ३१९ जना कोरोना सङ्क्रमण मुक्त भएका छन्। यस अवधिमा २९७ जना कोरोना सङ्क्रमित थपिएका...गण्डकी, भदौ १५ : गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा ३१९ जना कोरोना सङ्क्रमण मुक्त भएका छन्। यस अवधिमा २९७ जना कोरोना सङ्क्रमित थपिएका छन्।
प्रदेशमा पछिल्लो २४ घण्टामा दुई जना कोरोना सङ्क्रमितको मृत्यु भएको स्वास्थ्य निर्देशनालय, प्रदेश स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्र, गण्डकी प्रदेशका संयोजक नवराज शर्माले जानकारी दिए। उनका अनुसार मृत्यु हुनेमा लमजुङको बेँसीसहर नगरपालिका–११ का ६७ वर्षीया महिला र म्याग्दीको बेनी नगरपालिका–२ का ७२ वर्षीय पुरुष छन्। योसँगै प्रदेशमा कोरोना सङ्क्रमण भई मृत्यु हुनेको सङ्ख्या एक हजार २९५ पुगेको छ।
प्रदेशमा हालसम्म ८१ हजार ५७५ जना कोरोना सङ्क्रमित भएकामा ७७ हजार २२ सङ्क्रमणमुक्त भएका छन्। प्रदेशमा हाल तीन हजार २५८ जना सक्रिय सङ्क्रमित र दुई हजार ८९३ जना होमआइसोलेसनमा रहेको निर्देशनालयले जनाएको छ।
प्रकाशित मिति: १८:५८ बजे, मंगलबार, भदौ १५, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
गण्डकी मल्टिपल क्याम्पसमा कानुनी सचेतना प्रदान कार्यक्रम आइतबार, मंसिर ९, २०८१
कर्णालीको विकासका लागि सहकार्य हुनुपर्नेमा मुख्यमन्त्रीको जोडशनिबार, मंसिर ८, २०८१
पोखरामा सामुदायिक विद्यालय पढाउने अभिभावकको निःशुल्क स्वास्थ्य बिमाशुक्रबार, मंसिर ७, २०८१
झापाबाट एघार करोडको चिया निर्यातशुक्रबार, मंसिर ७, २०८१