करणी गरेको आरोपमा दुई जना पक्राउ
उदयपुर, भदौ १५ : प्रहरीले करणी गरेको आरोपमा दुईजनालाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा उदयपुरको ताप्ली गाउँपालिका–२ लेखगाँउका ३२ वर्षीय राकेश राई र ओखलढुंगाका सिद्धिचरण...
उदयपुर, भदौ १५ : प्रहरीले करणी गरेको आरोपमा दुईजनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा उदयपुरको ताप्ली गाउँपालिका–२ लेखगाँउका ३२ वर्षीय राकेश राई र ओखलढुंगाका सिद्धिचरण नगरपालिका–११ बस्ने २९ वर्षीय यौवन ताम्राकार रहेका छन्।
राई र ताम्राकार दुवैलाई महिलामाथि करणी गरेको आरोपमा पक्राउ गरेको प्रहरीले जनाएको छ।
राईले १४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोप लगाइएको छ भने ताम्राकारले २२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोग लगाइएको छ।
पक्राउ परेका दुवैमाथि थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय कटारी र जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ।
प्रकाशित मिति: १५:१५ बजे, मंगलबार, भदौ १५, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












