Kathmandu Press

‘प्रहरी शासक होइन सेवक बन्नुपर्छ ’

विराटनगर, भदौ १५ : प्रदेश नं १ प्रहरी तालीम केन्द्र विराटनगरमा सञ्चालित ‘प्रहरी जवान आधारभूत तालिम’मा एक सय ३३ महिला सहित ६ सय ७१...
‘प्रहरी शासक होइन सेवक बन्नुपर्छ ’

विराटनगर, भदौ १५ : प्रदेश नं १ प्रहरी तालीम केन्द्र विराटनगरमा सञ्चालित ‘प्रहरी जवान आधारभूत तालिम’मा एक सय ३३ महिला सहित ६ सय ७१ दीक्षित भएका छन् । २०७७ साल मङ्सिरबाट सञ्चालित सय ३८ औँ समूहको सो तालिममा प्रदेश प्रहरी कार्यालय, सशस्त्र प्रहरी गण र दङ्गा प्रहरी गण सुनसरी दुहवीबाट उनीहरु दीक्षित भएका हुन्। 

प्रशिक्षार्थीलाई प्रहरी सङ्गठनको परिचय, सुरक्षा प्रहरी कार्य, अपराध नियन्त्रण, अनुसन्धान, विद्यमान कानुन र प्रहरी नियुक्ति तथा कारबाहीलगायत विषयवस्तुमा  दुई  सय ३४ दिन प्रशिक्षण दिइएको थियो।

Hardik ivf

तालिममा उत्तमकुमार मगर प्रथम, डम्बर सुन्दास द्वितीय, अध्ययनमा भूपेन्द्रकुमार राया प्रथम, कवाजमा दीपक राजवंशी प्रथम, चाँदमारीमा लखनकुमार राय प्रथम, शारीरिक व्यायामा ऋषिकेश कार्की प्रथम र प्रहरी नियुक्ति तथा कारबाहीमा विसुकुमार राई प्रथम भएका थिए।

सो अवसरमा उत्कृष्ट हुनेलाई पुरस्कार एवं प्रमाणपत्र वितरण गर्दै प्रदेश प्रहरी प्रमुख एवं प्रहरी नायब महानिरीक्षक अरुणकुमार बिसीले मानवअधिकारको उच्च सम्मान गर्दै कार्य क्षेत्रमा शासकका रुपमा होइन सेवकका रुपमा सेवा गर्न निर्देशन दिए।

समादेशक प्रहरी वरिष्ठ उपरीक्षक मीरा चौधरी र तालिम संयोजक एवं प्रहरी नायब उपरीक्षक विनोद शर्माले तालिमसम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए। प्रदेश प्रहरी प्रमुख बिसीले दीक्षित हुने प्रहरीलाई दज्र्यानी चिह्न लगाइदिएका थिए।
 

प्रकाशित मिति: १३:४४ बजे, मंगलबार, भदौ १५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्