Kathmandu Press

सप्तकोशी नदीमा पानीको बहावमा उतारचढाव

इनरूवा, भदौ १५ : सप्तकोशी नदीमा पानीको बहावमा उतारचढाव हुन थालेको छ। पूर्वी पहाडी तथा तराईका जिल्लामा लगातारको वर्षाका कारण सप्तकोशीमा पानीको बहाव बढेकामा...
सप्तकोशी नदीमा पानीको बहावमा उतारचढाव

इनरूवा, भदौ १५ : सप्तकोशी नदीमा पानीको बहावमा उतारचढाव हुन थालेको छ। पूर्वी पहाडी तथा तराईका जिल्लामा लगातारको वर्षाका कारण सप्तकोशीमा पानीको बहाव बढेकामा पछिल्लो समय घटबढ हुन थालेको हो। 

आज विहान ७ बजे गरिएको मापनमा कोशी व्यारेज भएर दुई लाख १४ हजार ७४५ क्यूसेक प्रतिसेकेण्ड पानीको बहाव मापन गरिएको जिल्ला प्रहरी कार्यालयका  प्रहरी नायव उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए। 

Hardik ivf

बिहान ६ बजे गरिएको मापनमा दुई लाख ११ हजार २२५ क्यूसेक प्रतिसेकेण्ड पानीको बहाव थियो। पछिल्लो समय वर्षा रोकिए पनि  बहाव घटबढ हुने क्रम जारी रहेकाले अहिले ब्यारेजका २८ ढोका खुल्ला गरिएको उनको भनाइ थियो।

आइतबार साझ सप्तकोशीमा यस बर्षकै सबैभन्दा बढी पानीको बहाव मापन गरिएको थियो। त्यसबेला बहाव दुई लाख ७४ हजार पाँच क्यूसेक प्रतिसेकेण्ड पुगेकाले ब्यारेजका ३८  ढोका खुल्ला गरिएको थियो।
 

प्रकाशित मिति: १२:०८ बजे, मंगलबार, भदौ १५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्