Kathmandu Press

हुम्लाको लिमीमा फोर–जी टावर निर्माण हुँदै

सिमकोट, भदौ १५ : हुम्लाको विकट मानिने उत्तरी नाम्खा गाउँपालिकाको वडा नं ६ लिमीमा नेपाल टेलिकमको फोर–जी टावर निर्माण हुने भएको छ। टावर निर्माणका...
हुम्लाको लिमीमा फोर–जी टावर निर्माण हुँदै

सिमकोट, भदौ १५ : हुम्लाको विकट मानिने उत्तरी नाम्खा गाउँपालिकाको वडा नं ६ लिमीमा नेपाल टेलिकमको फोर–जी टावर निर्माण हुने भएको छ। टावर निर्माणका लागि हेलिकप्टरबाट सामान ढुवानी गरिएको छ। 

लामो समयदेखि लिमीमा टावर नहुँदा यहाँका जनता सञ्चारसँग जोडिन सकेका थिएनन्। लिमीका जनतालाई सञ्चारमा जोड्नका लागि फोर–जीको टावर निर्माण गर्न लागिएको गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर लामाले जानकारी दिए। अध्यक्ष लामाले भने, ‘जनता सञ्चारमा जोडिने आशामा धेरै समयसम्म रहेका थिए। अब पूरा हुने भएको छ।’ उनका अनुसार गाडको सुविधा नभएको र मानिसले बोक्न नसक्ने  भएकाले हेलिकप्टरमार्फत सामान ढुवानी गरिएको हो।

टावर निर्माणका लागि सोलार सीस्टमका उपकरण सिम्रीक एयरको हेलिकप्टरमार्फत ढुवानी गरिएको छ। जनतालाई विकास र समृद्धि भएको अनुभूति गराउनुका साथै सञ्चारको पहुँचमा जोड्नका लागि फोर–जी टावर निर्माण गर्न लागिएको हो। 
 

प्रकाशित मिति: ११:४४ बजे, मंगलबार, भदौ १५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्