गण्डकीमा ३०३ जना कोरोना सङ्क्रमण मुक्त
काठमाडौं, भदौ १४ : गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा ३०३ जना कोरोना सङ्क्रमण मुक्त भएका छन् । यस अवधिमा प्रदेशमा १७० जना सङ्क्रमित थपिएका छन् ।
थपिनेमा कास्कीका ७३, नवलपरासी पूर्वका ३९, गोरखाका, स्याङ्जाका १५, म्याग्दीका सात र तनहुँका छ जना रहेका छन् । पछिल्लो २४ घण्टामा प्रदेशमा तीन जनाको मृत्यु भएको स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेश आपत्कालीन कार्य सञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जानकारी दिए।
उनका अनुसार मृत्यु हुनेमा स्याङ्जाको वालिङ र गल्याङ नगरपालिकाका एक/एक जना महिला र कास्कीको पोखरा महानगरपालिकाका एक जना पुरुष रहेका छन् ।
यीसँगै प्रदेशमा कोरोना सङ्क्रमण भई मृत्यु हुनेको सङ्ख्या एक जार २९३ जना पुगेको छ । प्रदेशमा होम आइसोलेशनमा दुई हजार ९११ जना रहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
प्रकाशित मिति: २०:२६ बजे, सोमबार, भदौ १४, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
गण्डकी मल्टिपल क्याम्पसमा कानुनी सचेतना प्रदान कार्यक्रम आइतबार, मंसिर ९, २०८१
कर्णालीको विकासका लागि सहकार्य हुनुपर्नेमा मुख्यमन्त्रीको जोडशनिबार, मंसिर ८, २०८१
पोखरामा सामुदायिक विद्यालय पढाउने अभिभावकको निःशुल्क स्वास्थ्य बिमाशुक्रबार, मंसिर ७, २०८१
झापाबाट एघार करोडको चिया निर्यातशुक्रबार, मंसिर ७, २०८१