Kathmandu Press

द क्लिफले सञ्चालनमा ल्यायो नयाँ पारिवारिक पिङ

काठमाडौं, भदौ १४ : बिश्वकै दोश्रो अग्लो बन्जी सन्चालन गरिरहेको द क्लिफ प्रालिले आफ्नै रिसोर्ट परिसरमा निर्माण गरेको नेपालकै अग्लो नयाँ पारिवारिक पिङ...
द क्लिफले सञ्चालनमा ल्यायो नयाँ पारिवारिक पिङ

काठमाडौं, भदौ १४ : बिश्वकै दोश्रो अग्लो बन्जी सन्चालन गरिरहेको द क्लिफ प्रालिले आफ्नै रिसोर्ट परिसरमा निर्माण गरेको नेपालकै अग्लो नयाँ पारिवारिक पिङ सञ्चालनमा ल्याएको छ ।

बन्जीका लागि कालीगण्डकी नदिको खोँचमा निर्माण भएको पर्वतको कुश्मा र बाग्लुङको बलेवा जोड्ने पुलको उचाइ २ सय २८ मिटर  छ भने सो भन्दा माथी पिङको निर्माण गरिएको  छ । जमिनबाट १६ मिटर अग्लो बनाइएको पिङमा परिवार एकसाथ बसेर मज्जा लिन सकिन्छ ।

Hardik ivf

अधिकतम ३ सय ५० किलो क्षमता रहेको पिङ खेल्न प्रती ब्यक्ति २ सय ५० रुपैयाँ तिर्नुपर्ने रिसोर्टले जनाएको छ । पिङ निर्माण र सन्चालनमा सुरक्षा सावधानीको उच्च सतर्कता अपनाइने द क्लिफ प्रालिका अध्यक्ष राजु कार्कीले जानकारी दिए। स्टिल कोर केबलको प्रयोग गरिएको र दक्ष प्राबिधिकबाट डिजाइन गरि निर्माण गरिएको पिङ नेपालकै नमुना पिङ बनेको कार्कीको दाबी छ।

बिश्वकै अग्लो स्विङ र स्काई साइक्लीङ समेत निर्माण गरेको कम्पनीले नेपालमै पहिलोपटक स्काइ चियर समेत सन्चालनमा ल्याएको छ । द क्लिफको गुलेली पिङ र हाइ रोप स्टेसन पनि अहिले युवाहरू माझ निकै लोकप्रिय छन् । 

प्रकाशित मिति: १८:२९ बजे, सोमबार, भदौ १४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्