Kathmandu Press

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

पर्वत, भदौ १४ : कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पैयुँ गाउँपालिका-७ बस्ने ४४ वर्षीय ख्याम बहादुर रानालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ।

जिल्ला अदालत स्याङ्जाको २०७३ साउन २० गतेको फैसलाले कर्तव्य ज्यान मुद्दामा एक वर्ष कैद सजाय ठहर भई हालसम्म फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको प्रहरीले पक्राउ गरेको हो।

उनलाई जिल्ला अदालत पर्वतमा पेश गरिएकोमा अदालतको आदेशले कैद सजाय भुक्तानीका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ।

प्रकाशित मिति: १८:१४ बजे, सोमबार, भदौ १४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्