नियन्त्रित लागुऔषधसहित एकजना पक्राउ
काठमाडौं, भदौ १४ : चन्द्रागिरी नगरपालिका–२ नागढुंगाबाट नियन्त्रित लागूऔषध नाइट्राभेट ९० ट्याब्लेट र स्पासमो १ सय ४० ट्याब्लेटसहित सप्तरी राजगढ गाउँपालिका–२ घर भएका...काठमाडौं, भदौ १४ : चन्द्रागिरी नगरपालिका–२ नागढुंगाबाट नियन्त्रित लागूऔषध नाइट्राभेट ९० ट्याब्लेट र स्पासमो १ सय ४० ट्याब्लेटसहित सप्तरी राजगढ गाउँपालिका–२ घर भएका २७ वर्षीय रितेशकुमार सिंहलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
राजविराजबाट काठमाडौं आउँदै गरेको को–०३–०३द्द००१ ख ००४२ नम्बरको बसलाई महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार सिंहलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: १८:०२ बजे, सोमबार, भदौ १४, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कर्णालीको विकासका लागि सहकार्य हुनुपर्नेमा मुख्यमन्त्रीको जोडशनिबार, मंसिर ८, २०८१
पोखरामा सामुदायिक विद्यालय पढाउने अभिभावकको निःशुल्क स्वास्थ्य बिमाशुक्रबार, मंसिर ७, २०८१
झापाबाट एघार करोडको चिया निर्यातशुक्रबार, मंसिर ७, २०८१
जटिल रोग लागेका बिरामीलाई लुम्बिनी प्रदेशको दुई लाख सहयोगशुक्रबार, मंसिर ७, २०८१