बालिका बलात्कार आरोपमा पक्राउ
उदयपुर, भदौ १४ : १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा त्रियुगा नगरपालिका-१२ सोनापुर बस्ने ४० वर्षीय आनन्द चौधरीलाई आइतबार राति प्रहरीले पक्राउ...
उदयपुर, भदौ १४ : १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा त्रियुगा नगरपालिका-१२ सोनापुर बस्ने ४० वर्षीय आनन्द चौधरीलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ।
चौधरीले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ।
प्रकाशित मिति: १७:५८ बजे, सोमबार, भदौ १४, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












