Kathmandu Press

बिपी प्रतिष्ठानकाे वार्षिकोत्सवका अवसरमा सप्ताहव्यापी कार्यक्रम

बिपी प्रतिष्ठानकाे वार्षिकोत्सवका अवसरमा सप्ताहव्यापी कार्यक्रम

धरान, भदौ १४ : धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान शुद्धीकरण अभियानका अभियान्ताहरुले सप्ताहव्यापी कार्यक्रम गर्ने भएका छन्।

प्रतिष्ठानको वार्षिकोत्सवका अवसरमा उनीहरूले सरसफाइ, खेलकुद, साहित्य सिर्जनालगायतलाई समेटेर कार्यक्रम गर्ने तयारी गरेका हुन्। प्रतिष्ठानको वार्षिकोत्वस भदौ २४ गते पर्छ। 

सप्ताहव्यापी कार्यक्रमअन्तर्गत भदौ १९ गते प्रतिष्ठान परिसर सरसफाइ कार्यक्रम र भदौ २० गते कविता प्रतियोगिता राखिएको एक अभियन्ताले बताए।

त्यसैगरी भदौ २१ गते ‘शिक्षा र स्वास्थ्य सेवामा शुद्धीकरण कति आवश्यक?’ विषयमा वक्तृता प्रतियोगिता र भदौ २२ गते फोटो प्रदर्शनी राखिएको उनको भनाइ छ। 

त्यस्तै भदौ २३ गते मिनि म्याराथम र भदौ २४ गते बिपी कोइरालाको सालिकमा माल्यार्पण, झन्डोत्तोलन, सम्मान तथा पुरस्कार वितरण र दीप प्रज्वलनको कार्यक्रा रहेको छ।

प्रतिष्ठानको वार्षिकोत्सवका दिन अनियमितता र भ्रष्टाचारविरुद्ध दीप प्रज्वलन गर्न लागिएको उनले बताए।

प्रकाशित मिति: १५:४९ बजे, सोमबार, भदौ १४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्