Kathmandu Press

आलोपालो प्रधानमन्त्रीको सहमति पालना हुनुपर्छ : देवेन्द्र पौडेल

बुटवल, साउन ४ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य देवेन्द्र पौडेलले पार्टी एकीकरणका समयमा शीर्ष नेताबीच भएको पाँच बुँदे सहमति....

आलोपालो प्रधानमन्त्रीको सहमति पालना हुनुपर्छ : देवेन्द्र पौडेल

बुटवल, साउन ४ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य देवेन्द्र पौडेलले पार्टी एकीकरणका समयमा शीर्ष नेताबीच भएको पाँच बुँदे सहमति कार्यान्वयन हुनु पर्ने बताएका छन्।

रिपोर्टर्स क्लव नेपालले शनिबार बुटवलमा परेको साक्षात्कारमा पौडेलले सरकार र पार्टी नेतृत्व आलोपालो, सबै तहका संरचनामा सहमति हुने गरी पाँच बुँदे सहमति भएकाले इमान्दारिताका साथ अघि बढ्नुपर्ने बताएका हुन्। यद्यपि पौडेलले सरकारमा आलोपालोको सहमति कार्यान्वयन गर्ने बेला भने अहिले भइनसकेको बताए।

Hardik ivf

उनले निर्मला पन्तको बलात्कारपछि हत्या, गुठी विधेयकसहित केही विधेयक र पछिल्लो पटक विषादी प्रकरणमा सरकारले आफ्नो परिपक्वता नदेखाएको बताए। ‘सुशासनका विषयमा सरकार कमजोर भएकै हो,’ उनले भने। उनले गुठी विधेयक तत्कालका लागि स्थगन भएको भन्दै फिर्ता नभएको प्रष्ट पारे।

नेकपा पार्टीको विचार के हो? भन्ने जिज्ञासामा उनले जनताको जनवाद नै अबको साझा विचार भएको बताए। पौडेलले केही समयमा मन्त्रिमण्डल हेरफेर हुने बताए। 
उनले जनताका भावनालाई सम्बोधन गर्न पनि सरकारले परिपक्व निर्णय अब लिने बताए।

‘अब सरकारले प्रभावकारीरुपमा काम गर्नुपर्छ। त्यसका लागि हामीले अहिले मन्त्रालयबाट भइरहेका काम कारबाही हेरिरहेका छौं। सरकारलाई गतिशील बनाउन मन्त्री परिवर्तन हुन्छ,’ पौडेलले भने।
 

प्रकाशित मिति: १६:२४ बजे, शनिबार, साउन ४, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्