Kathmandu Press

दुई हजार आठ सय पुगे पर्यटकस्तरीय होटल

काठमाडौं, माघ १५ : नेपालमा पर्यटकस्तरीय होटलको संख्या १२ प्रतिशतले बृद्धि भएको छ । अध्ययनअनुसार, ति होटलको संख्या बढेर दुई हजार आठ सय ६० पुगेको हो ।

दुई हजार आठ सय पुगे पर्यटकस्तरीय होटल

काठमाडौं, माघ १५ : नेपालमा पर्यटकस्तरीय होटलको संख्या १२ प्रतिशतले बृद्धि भएको छ । अध्ययनअनुसार, ति होटलको संख्या बढेर दुई हजार आठ सय ६० पुगेको हो ।

नेपाल राष्ट्र बैंकले गरेको अध्ययनअनुसार, पर्यटक स्तरीय होटलमा लगानी पनि उल्लेख्य रुपमा बढेको छ । अध्ययनमा नेपालको प्रमुख पर्यटकीय नगरी पोखरामा पर्यटकस्तरीय होटलको संख्या बृद्धि भएको पाइएको छ । यस्ता होटल सबैभन्दा बढी पोखरामै निर्माण भएका छ । पोखरा क्षेत्रमा ३१.८ प्रतिशत होटल निर्माण भएको राष्ट्र बैंकले जनाएको छ ।

होटलको संख्या बढे पनि पर्यटक आगमन होटलले धान्ने भन्दा एकदमै थोरै रहेको नेपाल होटल संघका महासचिव विनायक शाह बताउँछन् । ‘सरकारले पूर्वाधारमा लगानी गर्न सकेको छैन, तर निजी क्षेत्रबाट उल्लेख्य लगानी भएको छ,’  महासचिव शाहले भने ।

अध्ययनअनुसार, मुलुकभर पर्यटकस्तरीय होटल तथा लजको संख्या १२ प्रतिशतले वृद्धि भई दुई हजार आठसय ६० पुगेको छ । आर्थिक वर्ष २०७३÷७४ मा यो संख्या दुई हजार पाँचसय ५३ थियो । त्यस्तै, होटलका रुमको संख्या ८.७ प्रतिशतले वृद्धि भई ७५ हजार सातसय ९२ पुगेको छ ।

राष्ट्र बैंकले ७७ मध्ये ४७ जिल्लामा अध्ययन गरेको थियो । आर्थिक वर्ष २०७४/७५ मा गरिएको अध्ययनलाई बैंकले सार्वजनिक गरेको छ । बैंककाअनुसार, पर्यटक आगमन संख्यामा समेत उल्लेख्य वृद्धि भएको जनाएको छ । पर्यटक संख्या २८.५ प्रतिशतले बढेर २०७४/७५ मा १० लाख १५ हजार चार सय ५१ पुगेको छ । आर्थिक वर्ष २०७३/७४ मा यो संख्या सात लाख ९० हजार ११ रहेको थियो ।

 

प्रकाशित मिति: १५:५६ बजे, मंगलबार, माघ १५, २०७५
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्