Kathmandu Press

सुरक्षाको माग राख्दै दाङका स्वास्थ्यकर्मी आन्दोलित

घोराही, भदौ १४ दाडको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालका स्वास्थ्यकर्मी आन्दोलित भएका छन्।निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. विनोद सिंहलाई कालोमोसो दल्नेमाथि तत्काल कारबाही हुनपर्ने माग...
सुरक्षाको माग राख्दै दाङका स्वास्थ्यकर्मी आन्दोलित

घोराही, भदौ १४ : दाडको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालका स्वास्थ्यकर्मी आन्दोलित भएका छन्।

निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. विनोद सिंहलाई कालोमोसो दल्नेमाथि तत्काल कारबाही हुनपर्ने माग राखेर उनीहरू आन्दोलनमा उत्रिएका हन्। उनीहरूले स्वास्थ्यकर्मीलाई पूर्ण सुरक्षाको ग्यारेन्टी गरिनुपर्ने माग पनि राखेका छन्।

आन्दोलित स्वास्थ्यकर्मीहरुले सो अस्पतालको आकस्मिक बाहेकका सबै सेवा बन्द गरेका छन्।

त्यस्तै घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलगायत विभिन्न अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुले आज (सोमबार) घोराहीमा बजारमा विरोध प्रदर्शन गरेका हुन। उनीहरुले पनि कोलोमोसो दल्ने कार्यमा संलगनलाई पक्राउ गरी चाँडोभन्दा चाँडो कारबाहीको दायरामा ल्याउनुपर्ने माग राखेका छन्।

एमालेसम्बद्ध अनेरास्ववियु जिल्ला संयोजक सर्जन परियार, सहसंयोजक दिवस क्षेत्रीलगायतको समूहले भदौ ११ गते डा. सिंहलाई कार्यकक्षमै प्रवेश गरी कालोमोसो दलेको आरोप लगाइएको छ।

प्रकाशित मिति: १४:०३ बजे, सोमबार, भदौ १४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्