गण्डकी प्रदेशमा थपिए २३० जनामा कोरोना संक्रमित
काठमाडौं, भदौ १३ : गण्डकी प्रदेशमा थप २३० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा ९६२ जनामा गरिएको नमूना...काठमाडौं, भदौ १३ : गण्डकी प्रदेशमा थप २३० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा ९६२ जनामा गरिएको नमूना परिक्षणमा २३० जनामा संक्रमण देखिएको हो।
प्रदेशका ६ जिल्लामा गरिएको नमूना परिक्षणमा सवै भन्दा धेरै कास्कीमा संक्रमित भेटिएको प्रदेश स्वास्थ्य आपतकालिन कार्य संचालन केन्द्रले जनाएको छ । केन्द्रका अनुसार कास्की ५३, बागलुङ २१, स्याङ्जा ४१, म्याग्दी २०, पर्वत १७,गोरखा १३, लमजुङ १६, तनहुँमा ११ र नवलपरासी पूर्वमा ३८ जनामा संक्रमण देखिएको हो ।
यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ८० हजार २२४ पुगेको छ । यस्तै, गण्डकी प्रदेशका विभिन्न अस्पतालमा उपचाररत ६ जनाको मृत्यु भएको छ । कोरोना संक्रमणका कारण उपचारका क्रममा मृत्यु हुनेमा पोखरा र तनहुँका तीन जना रहेका छन् । यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार २९० पुगेको छ।
यस्तै, गण्डकी प्रदेशमा हालसम्म ७६ हजार ४०० जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । प्रदेशमा एकै दिन संक्रमणमुक्त हुनेको संख्या ५०४ पुगेको छ । गण्डकीमा सक्रिय कोरोना संक्रमितको संख्या ३ हजार ४१८ रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।