Kathmandu Press

होटलको छतबाट लडेर एककाे मृत्यु

होटलको छतबाट लडेर एककाे मृत्यु

बर्दिया, भदौ १३ : राजापुर नगरपालिका ४ बसपार्कस्थित शिव होटलको ३ तला माथिबाट लडेर बाँकेका एक युवाको मृत्यु भएको छ। मृत्यु हुनेमा भे.१ ज ११४५ नम्बरको गाडीका चालक २६ वर्षीय कृष्ण विक रहेका छन्। 

छतमा सुत्न गएको अवस्थामा अचानक खसेर गम्भीर घाइते भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र राजापुरमा उपचारको क्रममा मृत्यु भएको हो। 
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
 

प्रकाशित मिति: २०:५२ बजे, आइतबार, भदौ १३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्