ढुङ्गा खसेर लाग्दा मोटरसाइकल चालकको मृत्यु

काभ्रे, भदौ १३ : काभ्रेको रोशी गाउँपालिका ७ कटुन्जेस्थित सडकमा आइतबार बिहान ढुङ्गा खसेर एक जनाको मृत्यु भएको छ।
जनकपुरबाट आउँदै गरेको ज.८ प ७४९० नम्बरको मोटरसाइकललाई सडक माथिबाट आएको ढुङ्गा लाग्दा मोटरसाइकलमा सवार महोत्तरी रामगोपालपुरका २८ वर्षीय सरोज कुमार साहको मृत्यु भएको हो।
ढुङ्गाले लागि गम्भीर घाइते भएका उनको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।
मोटरसाइकलमा पछाडी बसेका धनुषाका ३० वर्षीय सतिस कुमार साह भने घाइते भएका छन्। उनको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: २०:३९ बजे, आइतबार, भदौ १३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-1776239932.jpg)
