Kathmandu Press

प्रदेश–१ मा ३४८ मा काेराेना संक्रमण

विराटनगर, भदौ १३ : पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश नं १ मा ३४८ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको छ। जसमा ९२९ जनाको पीसीआर...
प्रदेश–१ मा ३४८ मा काेराेना संक्रमण
Hardik ivf

विराटनगर, भदौ १३ : पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश नं १ मा ३४८ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको छ। जसमा ९२९ जनाको पीसीआर परीक्षण गर्दा २६५ र ४४० जनाको एन्टिजेन परीक्षण गर्दा ८३ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ९१, मोरङमा ८९ मध्ये विराटनगरमा ३९, सुनसरीमा ५५, पाँचथरमा १८, इलाममा छ, तेह्रथुममा दुई, धनकुटामा एक र प्रदेश बाहिरका तीन जनामा सङ्क्रमण देखिएको हो।

प्रदेशमा आजै ३८२ जना कोरोना सङ्क्रमण मुक्त भएका छन्। सङ्क्रमण मुक्त हुनेमा १८९ महिला र १९३ पुरुष छन्। पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट तीन महिलासहित छ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: १८:४८ बजे, आइतबार, भदौ १३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्