गण्डकी प्रदेशमा ४५६ जना संक्रमण मुक्त
गण्डकी, भदौ १२ : गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा ४५६ जना कोराना सङ्क्रमण मुक्त भएका छन्। यस अवधिमा प्रदेशमा ३०४ जना सङ्क्रमित थपिएका...गण्डकी, भदौ १२ : गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा ४५६ जना कोराना सङ्क्रमण मुक्त भएका छन्। यस अवधिमा प्रदेशमा ३०४ जना सङ्क्रमित थपिएका छन्।
प्रदेशमा सो अवधिमा १० जनाको मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेश आपत्कालीन कार्य सञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जानकारी दिए। मृत्यु हुनेमा नवलपरासीपूर्वका पाँच, कास्कीका चार र स्याङ्जाका एक जना रहेका छन्। यससँगै प्रदेशमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या एक हजार २८४ जना पुगेको छ।
निर्देशनालयका अनुसार पदेशमा सक्रिय सङ्क्रमतिको सङ्ख्या तीन हजार ६९८ छ भने होम आइसोलेशनमा तीन हजार १८३ जना रहेका छन्। प्रदेशमा हालसम्म कूल तीन लाख छ हजार ५०४ जनाको कोरोना परीक्षण गरिएकामा ८० हजार ८७८ जना सङ्क्रमित फेला परेको र ७५ हजार ८९६ जना निको भएको निर्देशनालयले जनाएको छ।
प्रकाशित मिति: १९:१२ बजे, शनिबार, भदौ १२, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
रोयल्टी बाँडफाँडका सूचकहरुलाई परिवर्तन गर्नुपर्छ : मुख्यमन्त्री कँडेल बिहीबार, मंसिर १३, २०८१
काभ्रेमा कांग्रेसले थाल्यो ‘सदस्यता घर–आँगन’ कार्यक्रमबिहीबार, मंसिर १३, २०८१
विपद् पूर्व तयारीले क्षति न्यूनीकरण गर्न सकिन्छ : मुख्यमन्त्री कार्कीबुधबार, मंसिर १२, २०८१
२५ वटा सहकारी संस्था खारेजीमामंगलबार, मंसिर ११, २०८१