Kathmandu Press

ट्र्याक्टरको ठक्करबाट एकको मृत्यु

इनरुवा, भदौ १२ : सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–१ मा आज ट्र्याक्टरको ठक्करबाट एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा इनरुवा–३ का महेन्द्र उराँव...
ट्र्याक्टरको ठक्करबाट एकको मृत्यु
Hardik ivf

इनरुवा, भदौ १२ : सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–१ मा आज ट्र्याक्टरको ठक्करबाट एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा इनरुवा–३ का महेन्द्र उराँव रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए। 

उत्तरतर्फ जाँदै गरेको को२त ३९७८ नम्बरको ट्र्याक्टरले सोही दिशातर्फ जाँदै गरेको को१४प २००८ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार उराँव गम्भीर घाइते भएका थिए।

गम्भीर घाइते भएका उराँवको उपचारका क्रममा इनरुवा अस्पतालमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक कार्कीले जानकारी दिनुभयो । ठक्कर दिने ट्र्याक्टर र चालक प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

प्रकाशित मिति: १८:५५ बजे, शनिबार, भदौ १२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्