Kathmandu Press

गण्डकी प्रदेशमा कोरोनाबाट एकैदिनमा १० जनाको मृत्यु 

काठमाडौं, भदौ १२ : गण्डकी प्रदेशमा कारोना संक्रमणका कारण एकै दिन १० जनाको मृत्यु भएको छ । २४ घण्टामा प्रदेशका विभिन्न अस्पतालहरुमा उपचाररत...
गण्डकी प्रदेशमा कोरोनाबाट एकैदिनमा १० जनाको मृत्यु 

काठमाडौं, भदौ १२ : गण्डकी प्रदेशमा कारोना संक्रमणका कारण एकै दिन १० जनाको मृत्यु भएको छ । २४ घण्टामा प्रदेशका विभिन्न अस्पतालहरुमा उपचाररत १० जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

कोरोना संक्रमणबाट मृत्यु हुनेमा कास्कीमा ४, नवलपरासी पूर्वमा ५ र स्याङजामा १ सहित १० जनाको मृत्यु भएको प्रदेश स्वास्थ्य आपतकालिन कार्य सञ्चालन केन्द्रले जनाएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार २८४ जना पुगेको छ ।

Hardik ivf

त्यसैगरी गण्डकी प्रदेशमा थप ३०४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा ९५८ जनामा गरिएको नमूना परीक्षणमा ३०४ जनामा संक्रमण देखिएको हो । संक्रमितमध्ये १३६ महिला र १६८ जना पुरुष रहेका छन् । प्रदेशका ७ वटा जिल्लामा गरिएको नमूना परीक्षणमा सवै भन्दा धेरै कास्कीमा संक्रमित भेटिएको प्रदेश स्वास्थ्य केन्द्रले जनाएको छ । जसअनुसार कास्की १८८,स्याङ्जा १६, म्याग्दी ६, लमजुङ १२, तनहुँमा २९ र नवलपरासी पूर्वमा ५३ जनामा संक्रमण देखिएको हो ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ८० हजार ८७८ पुगेको छ । गण्डकी प्रदेशमा हालसम्म ७५ हजार ८९६ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । प्रदेशमा एकै दिन संक्रमणमुक्त हुनेको संख्या ४५६ पुगेको छ ।  गण्डकीमा सक्रिय कोरोना संक्रमितको संख्या ३ हजार ६९८ रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।  

प्रकाशित मिति: १८:३१ बजे, शनिबार, भदौ १२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्