तास खेलिरहेको अवस्थामा सातजना पक्राउ
काठमाडौं, भदौ १२ : काठमाडौंको तारकेश्वर नगरपालिका-८ जरङखु गैरीगाउँ डेरा गरी बस्ने गोरखाको गोरखा नगरपालिका-३ घर भएका ४६ वर्षीय नारायण श्रेष्ठको कोठामा तास...
काठमाडौं, भदौ १२ : काठमाडौंको तारकेश्वर नगरपालिका-८ जरङखु गैरीगाउँ डेरा गरी बस्ने गोरखाको गोरखा नगरपालिका-३ घर भएका ४६ वर्षीय नारायण श्रेष्ठको कोठामा तास खेलिरहेको अवस्थामा नारायण लगायत सातजनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
उनको कोठामा तास खेलिरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ४३ हजार रुपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
प्रकाशित मिति: १८:१८ बजे, शनिबार, भदौ १२, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-1776239932.jpg)
