‘ब्लाक प्यान्थर’का बोज्म्यानको भावुक सम्बोधन
काठमाडौं, माघ १५ : अवार्डले कलाकरलाई अझै उत्कृष्ट अभिनय गर्न प्रोत्साहन गर्छ । त्यसैले पनि हलिउड र बलिउडमा अवार्ड समारोहहरु धुमधामका साथ आयोजना गरिन्छ....

काठमाडौं, माघ १५ : अवार्डले कलाकरलाई अझै उत्कृष्ट अभिनय गर्न प्रोत्साहन गर्छ । त्यसैले पनि हलिउड र बलिउडमा अवार्ड समारोहहरु धुमधामका साथ आयोजना गरिन्छन् ।
केही दिन अघिमात्रै संसारभर प्रतिष्ठित ओस्कर अवार्डको मनोनय सूचि सार्वजनिक गरिएको छ । त्यसको चर्चा सेलाउन नपाउँदै हलिउडमै २५औं स्क्रिन एक्टर्स गिल्ड अर्वाडस् वितरण गरिएको छ ।
फिल्म ‘ब्ल्याक प्यान्थर’ले ‘आउटस्ट्याडिङ पर्फाेमेन्स बाइ अ कास्ट इन अ मोसन पिक्चर’ टाइटल जितेको छ । निर्देशक रायन कुग्लरको यो फिल्म ओस्कर अवार्डको उत्कृष्ट फिल्मसँगै थुपै विधामा पनि मनोनयनमा परेको थियो ।
अवार्ड थाप्न टिमसँगै स्टेजमा पुगेका फिल्मका सुपरहिरो च्याडविक बोज्म्यानले निना सिमोनको गीत ‘टु बि योङ गिफ्टेड एण्ड ब्ल्याक’ उद्धृत गर्दै भने, ‘हामीलाई थाहा थियो, हामीमा त्यो ससांर निर्माण गर्ने खुबी छ । जुन संसार हामी हेर्न चाहान्थ्यौं ।’ उनले कालाजातिका मान्छे सफलता पाउन गर्ने संघर्षका बारेमा बोलेका थिए । जसले सबैलाई भावुक बनाएको थियो ।
अवार्डमा अभिनेत्री ग्लेन क्लोजले ‘द वाइफ’बाट र अभिनेता रामी मालेकले ‘बोहेमियन रैपसोडी’बाट उत्कृष्ट अभिनेत्री र अभिनेताको अवार्ड जिते ।
त्यसैगरी हास्य टेलिभिजन सिरिजमा भने ‘द मारभोलस मिसेस मेसल्स’ले तीन अवार्ड जितेको छ । यस कार्यक्रमका स्टारहरु टोनी स्अलुब र रेचल ब्रोसन्याह्यानले उत्कृष्ट हास्य अभिनेता र अभिनेत्रीको अवार्ड जिते ।












