गण्डकी प्रदेशमा ५४५ जना कोरोना मुक्त
गण्डकी, भदौ ११ : गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा ५४५ जना कोरोना सङ्क्रमण मुक्त भएका छन्। सो अवधिमा ३५० सङ्क्रमित थपिएको गण्डकी प्रदेश...गण्डकी, भदौ ११ : गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा ५४५ जना कोरोना सङ्क्रमण मुक्त भएका छन्। सो अवधिमा ३५० सङ्क्रमित थपिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।
प्रदेशमा २४ घण्टाको अवधिमा कोरोना सङ्क्रमण भई ६ जनाको मृत्यु भएको स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेश आपत्कालीन कार्यसञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जानकारी दिए। उनका अनुसार मृत्यु हुनेमा कास्कीका तीन, स्याङ्जाका दुई र पर्वतका एक छन्। योसँगै प्रदेशमा कोरोना सङ्क्रमण भई मृत्यु हुनेको सङ्ख्या एक हजार २७४ पुगेको निर्देशनालयले जनाएको छ।
प्रदेशमा सक्रिय सङ्क्रमितको सङ्ख्या तीन हजार ८६० पुगेको छ भने हाल तीन हजार ४२० होम आइसोलेसनमा छन्।
प्रकाशित मिति: १९:५८ बजे, शुक्रबार, भदौ ११, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
गण्डकी मल्टिपल क्याम्पसमा कानुनी सचेतना प्रदान कार्यक्रम आइतबार, मंसिर ९, २०८१
कर्णालीको विकासका लागि सहकार्य हुनुपर्नेमा मुख्यमन्त्रीको जोडशनिबार, मंसिर ८, २०८१
पोखरामा सामुदायिक विद्यालय पढाउने अभिभावकको निःशुल्क स्वास्थ्य बिमाशुक्रबार, मंसिर ७, २०८१
झापाबाट एघार करोडको चिया निर्यातशुक्रबार, मंसिर ७, २०८१