Kathmandu Press

पूर्वसतर्कता अपनाउन जिल्ला प्रहरी कार्यालय कैलालीकाे अनुरोध

कैलाली, भदौ ११ : जिल्ला प्रहरी कार्यालय कैलालीले वर्षाका कारण जिल्लाका विभिन्न स्थानमा बाढी, पहिरो, डुबानलगायतका समस्याले जनधनसमेतको क्षति भइरहेकोले पूर्वसतर्कता अपनाउन सबैमा...
पूर्वसतर्कता अपनाउन जिल्ला प्रहरी कार्यालय कैलालीकाे अनुरोध

कैलाली, भदौ ११ : जिल्ला प्रहरी कार्यालय कैलालीले वर्षाका कारण जिल्लाका विभिन्न स्थानमा बाढी, पहिरो, डुबानलगायतका समस्याले जनधनसमेतको क्षति भइरहेकोले पूर्वसतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ।

केही दिनदेखिको अविरल वर्षाले जिल्लामा विभिन्न स्थानमा डुबान पर्ने, बाढी आउने, पहिरो खस्ने तथा नदी, नाला, खोलामा पानीको सतह बढ्न गई जनजीवन प्रभावित हुनुका साथै जनधनको क्षतिसमेत भइरहेकाले जिल्ला प्रहरी कार्यालयले पूर्वसावधानी अपनाउन अनुरोध गरेको हो।

Hardik ivf

वर्षाले भजनी नगरपालिका–५ स्थित कान्द्रा नदीमा पानीको सतह बढ्न गई उक्त नदी छेउछाउका जमिन कटान गर्नुको साथै जोखिममा रहेका तीन घर परिवारलाई सुरक्षित स्थानमा सारिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। 

त्यस्तै उक्त नदीमा बढेको पानीको सतह तथा बहावका कारण घोडाघोडी नगरपालिका–१२ बनवर्शास्थित जमिन कटान गरी क्षति पुर्याएको छ।

बर्सातकै कारण लम्किचुहा नगरपालिका–३ मा साजको रुख घरमा ढल्न गई एक घर पूर्णरूपमा क्षति हुनुका साथै दुई जना घाइते भई स्थानीय अस्पतालमा उपचार भइरहेको छ। जानकी गाउँपालिका–४ कागिर्धरपुर, टावरटोल, वेलपुर र वडा नं ७ का जवलपुर, शङ्करपुर र फरैलाका गरी जम्मा १३८ घरधुरी डुबानमा परी प्रभावित भएका छन्।
    
त्यस्तै चुरे गाउँपालिका–३ सहजपुर र सोही गाउँपालिका–५ स्थित खानीडाँडाअन्तर्गत भीमदत्त राजमार्गमा रुख तथा पहिरो खस्न गई सडक अवरुद्ध भएको हुँदा जनजीवन प्रभावित भएकोले सबै स्थानमा नजिकको प्रहरी टोली खटीई आवश्यक समन्वय तथा उद्धार भइरहेको बताइएको छ। 

प्रकाशित मिति: १९:१८ बजे, शुक्रबार, भदौ ११, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्