प्रदेश १ मा ४८४ जनामा कोरोना संक्रमण पुष्टि
विराटनगर, भदौ ११ : पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा ४८४ मा कोरोना सङ्क्रमण पुष्टि भएको छ। एक हजार ६९ को पीसीआर...
विराटनगर, भदौ ११ : पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा ४८४ मा कोरोना सङ्क्रमण पुष्टि भएको छ। एक हजार ६९ को पीसीआर परीक्षण गर्दा २९७ र ९४५ को एन्टिजेन परीक्षण गर्दा १८७ मा कोरोना सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
मन्त्रालयकाअनुसार मोरङमा १२३ मध्ये विराटनगरमा ६३, झापामा ९८, सुनसरीमा ५३, धनकुटामा नौ, इलाममा छ, पाँचथरमा दुई, खोटाङ, उदयपुर र सङ्खुवासभामा एक एक र प्रदेश बाहिर तीन जनामा सङ्क्रमण देखिएको हो। प्रदेशमा आजै ४९१ कोरोना सङ्क्रमण मुक्त भएका छन्। सङ्क्रमण मुक्त हुनेमा २२६ महिला र २६५ पुरुष छन्। पछिल्लो २४ घण्टामा दुई महिलासहित छ जनाको सङ्क्रमणबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ।
प्रकाशित मिति: १८:५० बजे, शुक्रबार, भदौ ११, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












