पहिरामा तीन बेपत्ता, एकको उद्धार
नवलपुर, भदौ ११ : बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण नवलपरासी (बर्दघाट-सुस्तापूर्व) को हुप्सेकोटमा पहिरो खस्दा तीनजना बेपत्ता भएका छन्।हुप्सेकोट-४ माथिल्लो चारघरे रुम्सीमा...
नवलपुर, भदौ ११ : बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण नवलपरासी (बर्दघाट-सुस्तापूर्व) को हुप्सेकोटमा पहिरो खस्दा तीनजना बेपत्ता भएका छन्।
हुप्सेकोट-४ माथिल्लो चारघरे रुम्सीमा आज बिहान खसेका पहिरामा परी तीन बेपत्ता हुनुका साथै एक घाइते भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
कार्यालयका सूचना अधिकारी मधुसुदन सिंहका अनुसार पहिराले चार घरेका ५० वर्षीय हस्तबहादुर पुलामीको घरमा पूर्णरुपमा क्षति पुर्याएको छ। उनका अनुसार पहिराेले पुरेका अवस्थामा उनलाई स्थानीय र प्रहरीले उद्धार गरी उपचारका लागि मध्यबिन्दु जिल्ला अस्पताल डण्डामा ल्याइएको छ। पहिरामा बेपत्ता भएकाको खोजी जारीे छ।
पहिराेमा परी पुलामीकी ४० वर्षीया श्रीमती धनमाया, सात वर्षीया नातिनी भूमिसरा र ६ वर्षीया नातिनी देउमाया पुलामी बेपत्ता भएका सूचना अधिकारी सिंहले बताए।
प्रकाशित मिति: १८:०५ बजे, शुक्रबार, भदौ ११, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार









-(86)-1764936079.jpg)


-1764760320.jpg)