शोधनान्तर घाटा झण्डै खर्ब नजिक, चालु खाता घाटामात्रै साढे २ खर्ब
काठमाडौं, साउन ३ : एघार महिनामा शोधनान्तर घाटा बढेर ९० अर्व ८० करोड रुपैयाँ पुगेको छ।
नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरे....

काठमाडौं, साउन ३ : एघार महिनामा शोधनान्तर घाटा बढेर ९० अर्व ८० करोड रुपैयाँ पुगेको छ।
नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको तथ्यांक अनुसार शोधनान्तर घाटा झण्डै खर्ब नजिक पुगेको हो। गत वर्ष ४ अर्ब ३४ करोड मात्रै घाटा थियो।
त्यस्तैगरी, आयात १७.३ प्रतिशतले बढेर १२ खर्ब ९९ अर्ब ८० करोड रुपैयाँ पुगेको छ। निर्यात भने जम्मा ८७ अर्ब ८३ करोड रुपैयाँको मात्रै भएको छ।
निर्यातको तुलनामा उच्च आयात भएका कारण कुल व्यापार घाटा १२ खर्ब ११ अर्ब ९६ करोड रुपैयाँ पुगेको छ। व्यापार घाटा उच्च दरले बढेकाले चालु खाता घाटा २ खर्ब ४८ अर्ब ७२ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष चालु खाता घाटा २ खर्ब १० अर्ब २४ करोड रुपैयाँ थियो।
विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा १७.५ प्रतिशत र अमेरिकी डलरमा ८.१ प्रतिशतले बढेको छ। विदेशी विनिमय सञ्चिति १० खर्ब ३० अर्ब ८८ करोड रुपैयाँ मात्रै रहेको छ।
उक्त रकमले ७ .७ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने राष्ट्र बैंकले जनाएको छ। ११ महिनामा ७ खर्ब ९९ अर्ब २ करोड रेमिट्यान्सबाट रकम नेपाल भित्रिएको छ।










-1754206481.jpg)
