अवरुद्ध हेलम्बु राजमार्ग सञ्चालनमा

सिन्धुपाल्चोक, भदौ ११ : लगातारको वर्षा र बाढीपहिरोका कारणा अवरुद्ध हेलम्बु राजमार्ग सञ्चालनमा आएको छ।
मेलम्ची नगरपालिका-१३ मेलम्ची-जिरोकिलो सडक खण्डस्थित फटकशिला रातो पहरामा माथिबाट पहिरा खस्दा शुक्रबार बिहानदेखि बाटो अवरुद्ध भएको थियो।
अपराह्न पहिरो पन्छाएर सडक सञ्चालनमा आएको स्थानीय पुरु घौरासैनीले जानकारी दिए।
प्रकाशित मिति: १४:४३ बजे, शुक्रबार, भदौ ११, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-1776239932.jpg)
