सनराइज र एनसीसीले खोसे टेलिकमको दुई अर्ब निक्षेप
काठमाडौंं, माघ १५ः सनराइज बैंक र एनसीसी बैंकले बढी व्याज दिएर नेपाल टेलिकमको दुई अर्ब रुपैयाँ निक्षेप खोसेका छन् । वाणिज्य बैंकहरुको छाता संगठन नेपाल ....

काठमाडौंं, माघ १५ः सनराइज बैंक र एनसीसी बैंकले बढी व्याज दिएर नेपाल टेलिकमको दुई अर्ब रुपैयाँ निक्षेप खोसेका छन् । वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघले ब्याजदरमा भद्र सहमति गरेपछि निक्षेपकर्तालाई दिने ब्याजदर बढेको थिएन् ।
दुवै बैंकले मंगलबारदेखि लागू हुने गरि १५ पैसाले ब्याजदर बढाएर विभिन्न बैंकमा रहेको नेपाल टेलिकमको निक्षेप लगेका हुन् ।
अर्थ मन्त्रालय र राष्ट्र बैंकको सुझावअनुसार ब्याजदरलाई एकल अंकमा राख्न बैंकर्स संघले संस्थागत मुद्दति निक्षेपमा ९ प्रतिशतभन्दा बढी ब्याज नदिने सहमति गरेको थियो ।
सोहीअनुसार, बैंकहरुले संस्थागत मुद्दति निक्षेपमा ९ प्रतिशत ब्याज दिने भन्दै नयाँ ब्याजदर प्रकाशित गरेका थिए । प्रकाशित ब्याजदरमा ०.५० प्रतिशत थप गरेर ग्राहकलाई ब्याज दिन सकिने ब्यवस्था छ ।
एनसीसी र सनराइज ब्याजदर बढाएर विभिन्न बैंकमा भएको नेपाल टेलिकमको दुई अर्ब रुपैयाँभन्दा बढी निक्षेप लग्न सफल भएका छन् । टेलिकमले ९.६५ प्रतिशत ब्याजदरमा एनसीसी र सनराइज बैंकमा निक्षेप राखेको छ ।
चालू आर्थिक वर्षको शुरुदेखि नै बैंकिङ प्रणालीमा थप ऋणयोग्य पुँजी (तरलता) अभाव छ । तरलता अभावका कारण कतिपय बैंकको कर्जा–पुँजी–निक्षेप अनुपात (सीसीडी रेसियो) राष्ट्र बैंकले तोकेको (८० प्रतिशत) भन्दा माथि छ ।











-1754206481.jpg)