Kathmandu Press

लुगाधुन नदीमा गएकी महिलाको मृत्यु

लुगाधुन नदीमा गएकी महिलाको मृत्यु

कैलाली, भदौ १० : लम्कीचुहा नगरपालिका ६ गुलरास्थित चरेला नदीले बगाउँदा ९५ वर्षीया फुपिया थारुनीको मृत्यु भएको छ। 

लुगा धुन गएको थरुनीलाई बिहीबार दिउँसो नदीले बगाएको  हो। 

खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले खोजी गर्नेक्रममा उनलाई घटनास्थलबाट करिब ७ सय मिटर टाढा शव फेला परेको थियो। 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ। 

प्रकाशित मिति: १९:०० बजे, बिहीबार, भदौ १०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्