गण्डकी प्रदेशमा थप ९ जना संक्रमितको मृत्यु
काठमाडौं, भदौं १० : पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा कास्कीका मात्रै ६ जनासहित...
काठमाडौं, भदौं १० : पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा कास्कीका मात्रै ६ जनासहित तनहुँ, म्याग्दी र पर्वतका १-१ जना छन् । योसँगै गण्डकीमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार २६८ पुगेको छ । गण्डकीमा अझै ४ हजार ६१ जना कोरोनाका सक्रिय संक्रमित छन् ।
जसमध्ये २ सय ८९ जना अस्पतालमा उपचाररत रहेका छन् । अस्पतालमा उपचाररत सक्रिय संक्रमितमध्ये अधिकांशको अवस्था गम्भीर छ । उनीहरुको हाइफलोयुक्त शय्यामा उपचार भइरहेको छ ।
निर्देशनालयका आपतकालीन कार्य सञ्चलालन केन्द्रका अनुसार पछिल्लो २४ घन्टामा ३ सय २८ जनामा संक्रमण पुष्टि हुँदा ५ सय ५६ जना संक्रमित निको भएका छन् ।
प्रकाशित मिति: १८:४२ बजे, बिहीबार, भदौ १०, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












