Kathmandu Press

भरुवा बन्दुकसहित एक पक्राउ

कैलाली, भदौ १० : प्रहरीले कैलालीको मोहन्याल गाउँपालिका ६ का गंगाराम जैशीलाई एक थान एक नाले बन्दुकसहित पक्राउ गरेको छ। ५० वर्षीय जैशीलाई...
भरुवा बन्दुकसहित एक पक्राउ

कैलाली, भदौ १० : प्रहरीले कैलालीको मोहन्याल गाउँपालिका ६ का गंगाराम जैशीलाई एक थान एक नाले बन्दुकसहित पक्राउ गरेको छ। ५० वर्षीय जैशीलाई प्रहरीले बिहीबार बिहान पक्राउ गरेको हो। 

जैशी सेतीखोर गाउँको जंगलमा भरुवा बन्दुकसहित हिँडिरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय सुगरखालबाट खटिएको प्रहरीले उनलाई उक्त बन्दुकसहित फेला पारी पक्राउ गरेको हो। 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ। 

प्रकाशित मिति: १८:३० बजे, बिहीबार, भदौ १०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्