Kathmandu Press

कर्मचारीमा कोरोना संक्रमण देखिएपछि मालपोतको सेवा बन्द

वालिङ, भदौ १० : मालपोत कार्यालयका कर्मचारीमा कोभिड–१९को संक्रमण देखिएपछि कार्यालय बन्द गरिएको छ।कार्यालयमा रहेका १२ कर्मचारीमा एण्टिजिन परीक्षण गराउँदा पाँचमा कोभिड– १९ पुष्टि...
कर्मचारीमा कोरोना संक्रमण देखिएपछि मालपोतको सेवा बन्द

वालिङ, भदौ १० : मालपोत कार्यालयका कर्मचारीमा कोभिड–१९को संक्रमण देखिएपछि कार्यालय बन्द गरिएको छ।

कार्यालयमा रहेका १२ कर्मचारीमा एण्टिजिन परीक्षण गराउँदा पाँचमा कोभिड– १९ पुष्टि भएपछि बुधबारदेखि सम्पूर्ण सेवा बन्द गरिएको कार्यालय प्रमुख रवीन अधिकारीले बतए।

कर्मचारीमा ज्वरो आउने, जिउ दुख्ने, रुघाखोकी लाग्नेजस्ता लक्षण देखिएपछि स्थानीय गह्रौ प्राथमिक अस्पतालमा परीक्षण गराउँदा संक्रमण पुष्टि भएकाले  जिल्ला प्रशासन कार्यालयको स्वीकृतिमा कार्यालय बन्द गरिएको उनको भनाइ थियो। 
 

प्रकाशित मिति: १६:०२ बजे, बिहीबार, भदौ १०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्