Kathmandu Press

जमेको पानीमा डुबेर एकजनाको मृत्यु 

कैलाली, भदौ १० : जमेको पानीमा डुबेर कैलालीमा एकजनाको मृत्यु भएको छ।घोडाघोडी नगरपालिका-१० तिल्केनीपुर बस्ने ६५ वर्षीय दिलीपसिंह बोहराको डुबेर बुधबार राति मृत्यु...
जमेको पानीमा डुबेर एकजनाको मृत्यु 

कैलाली, भदौ १० : जमेको पानीमा डुबेर कैलालीमा एकजनाको मृत्यु भएको छ।

घोडाघोडी नगरपालिका-१० तिल्केनीपुर बस्ने ६५ वर्षीय दिलीपसिंह बोहराको डुबेर बुधबार राति मृत्यु भएको प्रहरीले जनाएको छ।

पहलमानपुर बजारबाट कान्द्रा नदीको किनारा हुँदै घर जाने क्रममा धान रोपेको खेतमा चिप्लिई लड्न गई जमेको पानीमा डुबेर उनको मृत्यु भएको हो। 

यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

प्रकाशित मिति: १४:३१ बजे, बिहीबार, भदौ १०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्