Kathmandu Press

बागलुङमा राहुघाट खोला थुनियो, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह

बागलुङ, भदौ १० : पहिराले राहुघाट खोला थुनिएर ताल परेको र त्यो फुटेर तल्लो तटीय क्षेत्रमा जोखिम निम्तन सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय बागलुङले...
बागलुङमा राहुघाट खोला थुनियो, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह

बागलुङ, भदौ १० : पहिराले राहुघाट खोला थुनिएर ताल परेको र त्यो फुटेर तल्लो तटीय क्षेत्रमा जोखिम निम्तन सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय बागलुङले त्यस क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ।

बागलुङ भएर बग्ने कालीगण्डकी नदीको सहायक खोला राहुघाट पहिराले थुनिएर ताल परेकाले जोखिम निम्तन सक्ने भन्दै जिल्ला प्रशासन कार्यालयले सर्वसाधारणमा सतर्क रहन आग्रह गरेको हो।

Hardik ivf

म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ रायखोरको मूलपानी र वडा नं ७ चिमखोलाको गौडामुनीबाट आज बिहान खसेको पहिराले राहुघाट खोला थुनिँदा ५० मिटर गहिरो र ५०० मिटरभन्दा लामो ताल परेको जनाइएको छ। पहिरो खस्ने क्रम अहिले पनि नरोकिएकाले लामो समयसम्म खोला थुनिएर एक्कासी ताल फुट्न गई कालीगण्डकी नदीमा जोखिम निम्तन सक्ने खतरा छ।

तटीय क्षेत्रमा बसोबास गर्ने र आउजाउ गर्ने सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन सार्वजनिक सूचनामार्फत अनुरोध गरिएको कार्यालयका प्रशासकीय अधिकृत सूर्यलाल विकले बताए। 

प्रकाशित मिति: १४:२४ बजे, बिहीबार, भदौ १०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्