कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ
स्याङजा, भदौ १० : कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पुतलीबजार नगरपालिका–१४ बस्ने ७५ वर्षीय यम प्रसाद पौडेललाई बुधबार प्रहरीले पक्राउ गरेको छ। जिल्ला अदालत...
स्याङजा, भदौ १० : कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पुतलीबजार नगरपालिका–१४ बस्ने ७५ वर्षीय यम प्रसाद पौडेललाई बुधबार प्रहरीले पक्राउ गरेको छ।
जिल्ला अदालत स्याङजाको २०५४ कात्तिक ४ गतेको फैसलाले कर्तव्य ज्यान मुद्दामा १९ वर्ष ६ महिना १२ दिन कैद ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय स्याङजाबाट खटिएको प्रहरीले पोखरामा लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो।
उनलाई आवश्यक कारबाहीका लागि जिल्ला अदालत स्याङजामा पेस गरिएकोमा अदालतको आदेशले कैद भुक्तानका लागि जिल्ला कारागार स्याङजा पठाइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ।
प्रकाशित मिति: १४:०८ बजे, बिहीबार, भदौ १०, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












